logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • उज्वेकिस्तान सर्यो एएफसी महिला एसियन कप छनोट खेल 

    उज्वेकिस्तान सर्यो एएफसी महिला एसियन कप छनोट खेल 

    2.8K
    Shares

    काठमाडौं । यसअघि नेपालको दशरथ रंगशालामा खेलिने तय भएको एएफसी महिला एसियन कप छनोट खेल अब नेपालमा नहुने भएको छ । नेपालमा कोरोनाको संक्रमण बढेका कारण सन् २०२२ को एसियन कप छनोट खेल उज्वेकिस्तानमा सरेको हो ।

    एसियाली फुटबल महासंघ (एएफसी) ले समूह एफको छनोट खेल नेपालमा नगरी उज्वेकिस्तानमा गर्ने जनाएको छ । समूह एफमा नेपाल, हङकङ र फिलिपिन्स छन् । छनोट खेल भदौ २८ देखि असोज ९ गतेसम्म हुनेछ । 

    एसिया कप छनोट खेलका लागि नेपालले बन्द प्रशिक्षण र तयारी गरिरहेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले  ४५ खेलाडीलाई प्रशिक्षणमा राखेको छ । खेलाडीलाई मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले प्रशिक्षण दिईरहेका छन् । एएफसी महिला एसियन कप सन् २०२२ जनवरी २० देखि भारतमा आयोजना हुँदैछ । 

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend