logo

२०८१ मंसिर ९ आइतबार

logo
  • आइतबार, ९ मंसिर २०८१
  • साफ च्याम्पियनसिप अब माल्दिभ्समा

    साफ च्याम्पियनसिप अब माल्दिभ्समा

    2.1K
    Shares

    काठमाडौं । नेपालामा आयोजना हुने भनिएको १३ औँ साफ च्याम्पियनसिप फुटबल माल्दिभ्समा हुने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) को सोमबार बसेको कार्यकारी समितिको बैठकले महादेशीय फुटबल प्रतियोगिता माल्दिभ्समा गर्ने निर्णय गरेको हो ।

    यसअघि दशरथ रंगशालामा हुने भनिएको साफ नेपालमा कोरोनाको संक्रमण बढेका कारण माल्दिभ्समा गरिन लागिएको बताइएको छ । साफ च्याम्पियनसिप अक्टोबर १ देखि १३ तारिखसम्म हुनेछ । 

    यसअघि साफ आयोजनाका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) लाई नेपाल सरकारले पाँच करोड रुपैयाँ दिने घोषणा समेत गरेको थियो । नेपालमा भन्दा माल्दिभ्समा कोरोना संक्रमण दर कम भएकोले साफ आयोजना माल्दिभ्सले गर्ने निर्णय भएको एन्फाले जनाएको छ ।

    गत वर्ष नै बंगलादेशमा आयोजना तय भएको साफ च्याम्पियनसिप कोरोनाका कारण एक वर्षपछि सारिएको थियो । साफमा ५ टोलीको सहभागिता निश्चित भइसकेको छ । जसमा नेपालसँगै माल्दिभ्स, भारत, श्रीलंका र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् । विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा रहेको पाकिस्तानले भाग लिने छैन । 

    कोरोना संक्रमणले देशबाहिर जान प्रतिबन्ध लगाइएका कारण भुटानले पनि भाग नलिने निर्णय गरेको छ । साफ च्याम्पियनसिपका लागि नेपाली टोलीले तयारी सुरु गरिसकेको छ । नेपाल अहिलेसम्म सेमिफाइनल माथि जान सकेको छैन ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend