काठमाडौं । मंगलबार राष्ट्रिय विपद् जोखिम न्यूनीकरणा तथा व्यवस्थापन प्राकिरणको बैठक बस्दैछ ।
प्राधिकरणका सदस्य सचिव अनिल पोखरेलका अनुसार मंगलबार दिउँसो ३ बजेपछि बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा बस्न लागेको हो ।
बैठकमा विपद् जोखिम न्यूनीकरणा तथा व्यवस्थापन राष्ट्रिय परिषद्बाट विगतमा भएका निर्णय र कार्यान्वयनको अवस्था, विपद्बाट देशमा पुगेको क्षति, विपद् व्यवस्थापनमा भएका काम र तत्काल गर्नुपर्ने कामका विषयमा छलफल हुनेछ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुन न्याय तथा संसदीय मन्त्री ज्ञानेन्द्र कार्की, अर्थमन्त्री जनार्दन शर्मा, ऊर्जामन्त्री पम्फा भुसाल, प्रमुख विपक्षी दलका नेता केपी ओली, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलगायत सहभागी हुनेछन् ।