logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार तालिबानको कब्जामा 

    अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार तालिबानको कब्जामा 

    2.2K
    Shares

    एजेन्सी । विद्रोही तालिबान लडाकूले अफगानिस्तानको दोस्रो ठूलो सहर कान्दहार पनि नियन्त्रणमा लिएको दाबी गरेको छ।

    तालिबानका एक प्रवक्ताले कान्दहार पूर्ण रूपमा जितिएको घोषणा गरेका छन् । तालिबान समूहको यो दाबी सत्य भएमा अफगानिस्तान सरकारको नियन्त्रणमा अब केबल राजधानी काबुल र केही सानातिना क्षेत्र मात्र बाँकी रहेको छ ।

    बुधवार तालिबान कान्दहारको केन्द्रीय जेलमा प्रवेश गरेको थियो। कान्दहार तालिबानको आरम्भ भएको  र सबैभन्दा बलियो पकड भएको क्षेत्र रहेको थियो । 

    पछिल्लो चरणमा विद्रोही लडाकूले एक हप्तादेखि विभिन्न प्रान्तीय राजधानी नियन्त्रणमा लिने कार्यलाई तीव्रता दिएका छन् ।
    सरकारले अफगानिस्तानका धेरै ठाउँमाथिको नियन्त्रण गुमाउदै गएको छ । विषेश गरेर देशको उत्तरी र पश्चिमी क्षेत्रमा तालिबान लडाकूले आफ्नो पकड बढाउँदै लगेका हुन् ।  

    तालिबानले एक हप्ताको बीचमा ३४ प्रान्तीय राजधानीमध्ये ११ मा आफ्नो नियन्त्रण स्थापित गरिसकेको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend