काठमाडौं । चालु आर्थिक वर्षका लागि नेपाल राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ ।
शुक्रबार बिहान बसेको सञ्चालक समिति बैठकले अनुमोदन गरेको मौद्रिक नीति अपराह्न चार बजे सार्वजनिक गरिने भएको हो ।
सरकारले ल्याउन लागेको बजेट प्रतिस्थापन विधेयक नपर्खीकन नेपाल राष्ट्र बैंकले मौद्रिक नीति जारी गर्न लागेको हो। साउन पहिलो साता नै सार्वजनिक गरिने भनिएको मौद्रिक नीति सरकार परिवर्तनका कारण ढिलाइ भएको हो ।
सरकारले लिएको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट मध्यनजर गर्दै महामारीले खस्किएको अर्थतन्त्रलाई सहयोग पुग्ने गरी राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने जानकारी दिएको छ ।