logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • अमेरिकाले दियाे कोरोनाविरुद्धको बुस्टर डोजलाई अनुमति

    अमेरिकाले दियाे कोरोनाविरुद्धको बुस्टर डोजलाई अनुमति

    1.9K
    Shares

    काठमाडाैं । अमेरिकाले कोरोना भाइरसविरुद्धको खाेपकाे बुस्टर डोज अर्थात् तेस्रो मात्राका लागि अनुमति दिएको छ ।

    बुस्टर डाेजका कारण मिर्गौला प्रत्यारोपण गरेका र क्यान्सरका बिरामीसँगै एक करोड नागरिक लाभान्वित हुने अनुमान गरिएकाे छ । उनीहरुका लागि लक्षित गरेर अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए)ले बुस्टर डोज अनुमति दिएकाे हाे । 

    स्वास्थ्य अधिकारीले पहिलो पटक कोरोनासँग लड्न बुस्टर डोज आवश्यक पर्ने बताएका हुन् । 

    उनीहूरुले मोर्डना र फाइजरको दुई डोज र जोनसन एण्ड जोनसनको एक डोजको खोप कोरोना विरुद्ध लड्न पर्याप्त नभएको बताएको समाचार संस्था राेयटर्सले उल्लेख गरेकाे छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकाहरुका लागि बुस्टर डोजको अवश्यकता उनीहरुले औँल्याएका हुन् । 

    यसअघि विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले पनि गरिब देशका नागरिकले कोरोना विरुद्धको पहिलो खोप समेत नपाएको र बुस्टर डोज दिन हतार नगर्न आग्रह गरेको थियो । डब्लूएचओले बुस्टर डाेजकाे आवश्यकता र यसकाे उपयाेगकाे बारेमा अहिले अध्ययन नभएकाले यसबारे हतार नगर्न भनेकाे थियाे । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend