logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत, लाल किल्लामा मोदीको सम्बोधन

    ७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत, लाल किल्लामा मोदीको सम्बोधन

    2.9K
    Shares

    नयाँ दिल्ली । भारतले आज आफ्नो ७५औँ स्वतन्त्रता दिवस मनाइरहेको छ । यस अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीले लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन्। 

    कोरोना महामारीलाई मध्यनजर गर्दै भारते निश्चित व्यक्तिहरुको उपस्थितीमा स्वतन्त्रता दिवस मनाइरहेको छ । यस अवसमा भारतीय वायु सेनाले हेलिकोप्टरबाट पुष्पवर्षा गराएको थियो। आजको दिनलाई मध्यनजर गर्दै राजधानी दिल्लीको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

    प्रधानमन्त्री मोदीले पाकिस्तानको स्वतन्त्रता दिवसलाई  ‘विभाजन विभीषिका स्मृति दिवस’को रुपमा मनाउने घोषणा गरेका छन् । 
    पाकिस्तानले शनिबार ७५औं स्वतन्त्रता दिवस मनाइरहँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एक ट्वीट गर्दै १४ अगस्ट अर्थात् भारत र पाकिस्तानको विभाजन भएको दिनलाई आफूहरूले विभाजन विभीषिका स्मृति दिवसको रुपमा मनाउने निर्णय गरेको बताएका हुन् । 

    उनले यस दिनले भेदभाव, वैमनस्य र दुर्भावनाको विषलाई हटाउनका लागि मात्र नभई एकता, सामाजिक सद्भाव र मानवीय संवेदना पनि मजबुत हुने विश्वास व्यक्त गरे । 

    बेलायतको अधिनबाट भारतको मुक्ति र विभाजन एकै साथ भएको थियो । भारतले भने अगस्ट १५ मा आफ्नो स्वतन्त्रता दिवस मनाउने गर्दछ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend