काठमाडाैं । तालिबान विद्रोही समूह अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका छन् । तालिबानहरू काबुल प्रवेश गरिरहेकाे खबर रोयटर्सलाई उद्धृत गर्दै बीबीसीले जनाएकाे छ ।
अफगानिस्तानका प्रमुख सहर नियन्त्रणमा लिएर हिँडिहेकाे तालीबानी समूह आइतबार काबुल प्रवेश गर्न थालेका हुन् ।
तालिबान विद्राेही समूह राजधानी काबुल प्रवेश गर्न थालेकाे समाचारहरू आइरहँदा भने अफगान राष्ट्रपतिकाे आधिकारिक ट्विटर ह्यान्डलबाट त्यहाँका बासिन्दाहरूलाई नआत्तिन आश्वासन दिइएकाे छ ।
काबुलमा रहेको अमेरिकी दूतावासबाट भने अमेरिकाले आफ्ना कर्मचारीलाई त्यहाँबाट अन्यत्र सुरक्षित स्थानमा पठाइरहेको छ । करिब ६ सय ब्रिटिस सेनाले आफ्ना नागरिक र अन्यलाई पनि त्यहाँबाट उद्धार गरिरहेका छन् ।