logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • कोरोना महामारीमै ‘क’ बर्गका बैंक मालामाल 

    कोरोना महामारीमै ‘क’ बर्गका बैंक मालामाल 

    2.5K
    Shares

    काठमाडौं । चीनको बुहानबाट झण्डै दुई बर्षअघि सुरु भएको कोभिड–१९ (कोरोना भाइरस) को महामारीले विश्वलाई आघात बनाई रहेको छ । लाखौं मानिसको ज्यान मात्र लगेको छैन ।

    विश्व अर्थतन्त्रमा समेत ठूलो नोक्सानी भईरहेको छ । कोरोनाकाृ विश्वप्यापी असरसँगै नेपालको अर्थतन्त्र समेत धरासायी भएको सरकारी तथ्याङ्कले देखाई रहेको छ । 

    तर नेपालमा ‘क’ बर्गका बैंकलाई भने कोरोना भाइरसले कुनै असर नगरेको देखिएको छ । नेपालका अधिकांश बैंकहरुले आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य मुनाफा कमाएको रिपोर्ट सार्वजनिक भएको छ । सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुले गत वर्ष ६३ अर्ब ३७ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएका छन् । जुन अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा करिब ११ अर्ब रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्ष यी बैंकहरुले ५२ अर्ब ८० करोड रुपैयाँ मूनाफा गरेका थिए । 

    कोरोना महामारीकाबीच मालामाल बानेका बैंकहरुको मूनाफामा उल्लेख्य वृद्धि देखिएको छ । अधिकांश बैंकहरुको मूनाफा बढेको छ । मूनाफामा  गिरावट आउने बैंकहरु थोरै मात्र छन् । 

    गत वर्षको मूनाफाका आधारमा नबिल बैंक पहिलो नम्बरमा देखिएको छ । नबिलले ४ अर्ब ५० करोड ४४ लाख ३९ हजार रुपैयाँ मूनाफा कमाएको छ । दोस्रो नम्बरमा ग्लोबल आइएमई र तेस्रो नम्बरमा राष्ट्रिय वाणिज्य बैंक देखिएको छ । ग्लोबल आईएमई बैंकको मूनाफा २ अर्ब ९० करोड ८६ लाख ६४ हजार रुपैयाँबाट बढेर ४ अर्ब १२ करोड ६५ लाख १२ हजार रुपैयाँ पुगेको छ ।

    सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको मूनफामा भने गिरावट आएको देृखिएको छ । मूनाफा घट्दा यो बैंक तेस्रो नम्बरमा पुगेको छ । अघिल्लो आर्थिक वर्ष ४ अर्ब ३७ करोड ७३ लाख १६ हजार रुपैयाँ कमाएको यस बैंकले गत आर्थिक वर्ष भने ३ अर्ब ७९ करोड ५४ लाख ७८ हजार रुपैयाँमात्रै कमाएको छ । मूनाफाका आधारमा चौथो नम्बरमा देखिएको कृषि विकास बैंकले ३ अर्ब ३३ करोड १७ लाख ३८ हजार रुपैयाँबाट बढाएर ३ अर्ब ६९ करोड ४४ लाख ७० हजार रुपैयाँ पुर्याएको छ ।

    यसैगरी पाँचौ नम्बरमा देखिएको नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । इन्भेष्टमेन्टले ३ अर्ब ६५ करोड १४ लाख ९६ हजार रुपैयाँ मूनाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष यो बैंकले २ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ मूनाफा कमाएको थियो ।

     


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend