logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को व्यवस्थापना हेर्ने गरी पुन: भित्रियो आईएचजी

    ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को व्यवस्थापना हेर्ने गरी पुन: भित्रियो आईएचजी

    5.5K
    Shares

    काठमाडौं । गत बैशाखमा मात्र बाहिरिएको अन्तर्राष्ट्रिय ख्यातिप्राप्त हस्पिटालिटी ब्राण्ड ‘इन्टरकन्टिनेन्टल होटेल्स ग्रुप’ (आईएचजी) पुनः नेपाल प्रवेश गरेको छ ।

    आईएचजीले एपीए प्राइभेट लिमिटेडले निर्माण गरिरहेको चार तारे होटल ‘होलिडे इन एक्सप्रेस एन्ड सुइट्स’ को व्यवस्थापना हेर्ने गरी पुनः नेपाल प्रवेश गरेको हो । 

    यसअघि आईएचजीअन्तर्गतको ब्रान्ड ‘क्राउन प्लाजा’ले नेपालको पुरानो पाँचतारे होटल सोल्टीमा व्यवस्थापन सम्हालेको थियो । आईएचजी सोल्टीबाट गत वैशाखमा मात्र बाहिरिएको थियो । 

    होलिडे इन एक्सप्रेस एन्ड सुइट्सलाई लामो समय जापानमा व्यवसाय गर्दै आएका चिरन्जीवि थापाले निर्माण गरिरहेका छन् । उनी होटल एपीए प्राइभेट लिमिटेडका अध्यक्ष हुन् । थापाले जापानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएका छन् । 

    काठमाडौंको रविभवनमा रहेको नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (नाथम) को हाता भित्र रहेको ८ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको सो होटल सन् २०२२ भित्रै सञ्चालनमा ल्याउने गरी काम अघि बढिरहेको अध्यक्ष थापाले बताए ।

    जग्गा बाहेक ७० करोड रुपैयाँ लगानीमा बनिरहेको सो होटलमा ११० वटा कोठा मध्ये एउटा प्रेसिण्डेटल र १२ वटा सुइट्स रुम रहने छ । होटलमा स्वीमिङ पुलसहित स्पा, स्पोर्टस् सेन्टर रहने छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend