काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले राजनीतिक दलसम्बन्धी अध्यादेश आएसँगै नयाँ दल दर्ता गर्ने अन्तिम तयारी गरेको छ ।
सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने गरी अध्यादेश मंगलबार नै राष्ट्रपति समक्ष सिफारिश गरेको छ । सरकारको सिफारिशलाई राष्ट्रपतिले प्रमाणीकरण गरिसकेकी छन् । माधव नेपाल समूहले राष्ट्रपति कार्यलयको निर्णय लगत्तै निर्णय गर्न लागेको हो ।
राष्ट्रपतिले अध्यादेश जारी गरे लगत्तै नेपाल समूहले नयाँ दल दर्ता गर्ने तयारी गरिहेको छ । उनका अनुसार नेपाल समूहमा अहिले ५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर संकलन भइसकेको बताइएको छ । अझै केही सदस्य थपिने ती नेताले बताए ।
नेपाल समूहको पार्टीको नाम ‘नेकपा एमाले समाजवादी’ राख्ने तयारी छ । नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहने निश्चित भएको छ । अन्य पदाधिकारीबारे छलफल भइरहेको छ ।