logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • नेपाललाई उक्साउनेले नै छाडे साथ

    नेपाललाई उक्साउनेले नै छाडे साथ

    1.8K
    Shares

    काठमाडौं । नेकपा एमाले विभाजनका लागि सुरुवाती लामो समय साथ दिएका शीर्ष नेताले अन्तिममा माधवकुमार नेपालको साथ छाडेका छन् । नेपालसँग लामो समय सहकार्य गरेका एमालेका पदाधिकारीले पार्टी विभाजनको रेखामा पुगेपछि साथ छाडेका हुन् ।

    नेपालको साथ छाड्नेमा एमाले उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, गोकर्ण बिष्ट, योगेश भट्टराई र भीम आचार्य छन् । रावल, शाक्य र ज्ञवाली माधव नेपालको खेमाबाट नवौं महाधिवेशनमा निर्वाचित उपाध्यक्ष हुन् । उनीहरु नेता नेपालका विश्वासपात्र मानिन्थे । 

    यसैगरी अन्तिमा साथ नदिनेमा बिष्ट, भट्टराई र आचार्य पनि नवौं महाधिवेशनका निर्वाचित सचिव हुन् । माधव नेपाल पक्षबाट चुनाव लडेर महाधिवेशनमा विजयी भएका उनीहरुले ओलीसँग संघर्षमा साथ दिए पनि पार्टी फुटाउन भने साथ दिएनन् । अहिले नवौं महाधिवेशनमै नेपाल पक्षबाट महासचिवको उम्मेदवार बनेका सुरेन्द्र पाण्डे अलमलमा देखिएको छन् । उनी पार्टी फुटाउन नहुने पक्षमा उभिएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend