logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • माधव नेपाल र महन्थ ठाकुरको पार्टीले राष्ट्रिय मान्यता पाउने

    माधव नेपाल र महन्थ ठाकुरको पार्टीले राष्ट्रिय मान्यता पाउने

    2K
    Shares

    काठमाडौं । नयाँ पार्टी दर्ताका लागि निवेदन दिएका माधवकुमार नेपाल र महन्थ ठाकुरका पार्टीले पनि राष्ट्रिय दलको मान्यता पाउने भएका छन् । 

    सरकारले राजनीतिक दलसम्बन्धी ऐन संशोधन गर्दै कुनै दलले राष्ट्रिय मान्यता पाउन चुनावमा समानुपातिकतर्फ तीन प्रतिशत मत पाउनु पर्ने थ्रेसहोल्डको प्रावधान हटाएको छ । 

    बुधबार साँझ राजपत्रमा प्रकाशित भएको राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको अध्यादेशमा कुनै दल विभाजन भई बनेको नयाँ दलका हकमा तीन प्रतिशतको नियम लागू नहुने उल्लेख गरिएको छ । 

    यसअघि राष्ट्रिय दलको मान्यता पाउन संघीय संसदमा एक जना सांसद हुनुपर्ने र समानुपातिकतर्फ तीन प्रतिशत मत ल्याएको हुनु पर्ने व्यवस्था थियो । पहिलेको ब्यवस्था कायम राख्दा नेपाल र ठाकुरको नयाँ पार्टीले समानुपातिकमा ल्याएको मतका बारेमा विवाद आउने भएपछि उक्त प्रावधान नै हटाइएको हो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend