काठमाडौं । पछिल्लो २४ घण्टामा ३४०३ जनामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका छन् । २४ घण्टामा संक्रमणबाट ४२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८३९ पीसीआर परीक्षण गरिएकोमा २,६१३ र ४,९९९ एन्टिजेन परीक्षणमा ७९० जना गरी कुल ३,४०३ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणमुक्त हुनेको संख्या २,१०४ जना रहेको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९९३ जना संक्रमित भेटिएका छन् । जसमध्ये काठमाडौंमा ७११, ललितपुरमा १६० र भक्तपुरमा १२२ जना संक्रमित भेटिएका छन् । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ४० हजार ३३८ रहेका छन् ।