logo

२०८१ पुष १३ शनिबार

logo
  • शनिबार, १३ पुष २०८१
  • दल फुटाउने अध्यादेशविरुद्ध सर्वोच्चमा रिट 

    दल फुटाउने अध्यादेशविरुद्ध सर्वोच्चमा रिट 

    2K
    Shares

    काठमाडौं । राजनीतिक दल फुटाउने उद्देश्यले ल्याइएको अध्यादेशविरुद्ध बिहीबार सर्वोच्च अदालतमा बेग्ला बेग्लै रिट पेस भएका छन् । अधिवक्ता श्रीकान्त बराल, प्रवेश केसी, अनुप अर्याल, शकुन्तला भुसाललगायतले अध्यादेशविरुद्ध रिट लिएर सर्वोच्च गएका हुन् ।

    शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी फुटाउन सहज हुने गरी सरकारले बुधबार अध्यादेश जारी गरेको थियो । अध्यादेश जारी भएलगत्तै एमाले र जसपा विभाजित भएर नयाँ दल दर्ताको लागि निर्वाचन आयोगमा प्रक्रिया अगाडी बढाई सकेका छन् । 

    सरकारले प्रतिनिधि सभाको चालु अधिवेशन मध्यरातबाट अन्त्य गरेर अध्यादेश ल्याइएकाले त्यस्तो अध्यादेश तत्काल रोक्न माग गर्दै रिट दायर गरिएको हो । संसदलाई छलेर गैरसंवैधानिक तरिकाले अध्यादेश ल्याएर राजनीतिक अस्थिरता निम्त्याएको दाबी रिटमा गरिएको छ । सर्वोच्च अदालतका पछिल्ला फैसलाको समेत विपरीत हुने गरी सरकारले अध्यादेश ल्याएकाले बदरभागी रहेको पनि रिट निवेदकको दाबी छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend