आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन

अपार्टमेन्ट भाडामा लिएर यौन व्यवसाय सञ्चालन

काठमाडौं । अपार्टमेन्ट भाडामा लिएर संठित रुपमा यौन व्यवसाय सञ्चालन गरेको आरोपमा सात जनालाई प्रहरीले पक्राउ गरेको छ। ललितपुर महानगरपालिका वडा नम्बर – ३ कान्तिपुर हाईटस्थित अपार्टमेन्टमा चार वटा कोठा भाडामा लिएर यौन धन्दा चलाउँदै आएको सूचना पाएपछि ललितपुर प्रहरीले छापा मारेको हो।

महानगरीय प्रहरी परिसर ललितपुरले छापामार्दा सात जना फेला परेका थिए। परिसरका प्रमुख एसएसपी किरण बज्राचार्यका अनुसार यौन धन्दाको लागि हिसाब किताब गर्न लेजर बुक नै राख्ने गरेको पाइएको छ। पक्राउ पर्नेमा झापा दमकका राजेश अग्रवाल, रुकुम पेउघाटकी ललिता विक, बर्दिया ठाकुरबाबा नगरपालिकाका सुनिल विष्ट, ललितपुर पाटन सुन्धारा बस्ने मकवानपुर हेटौंडाकी गीता खड्गी, बालाजुकी क्रिस्टिना केसी, सिन्धुपाल्चोक त्रिपुरा सुन्दरी गाउँपालिकाकाकी निर्मला न्यौपाने र काभ्रे पनौतीकी प्रतिक कर्माचार्य छन्। 

पक्राउ मध्ये मकवानपुर हेटौंडाकी गीता खड्गीको श्रीमान सुरजले मासिक ६० हजार दिने शर्तमा चार वटा कोटा भाडामा लिएका थिए। प्रहरीले बरामद गरेको लेजर बुकमा ग्राहकका नम्बर, ग्राहकले तिरेको पैसा लगायतका हिसाबकिताब उल्लेख गरिएको थियो। एसएसपी बज्राचार्यका अनुसार पुराना ग्राहकहरुलाई फोन गरेर बोलाउने गरेका थिए।

‘ अचम्म कुरा त कोठाबाहिर सीसीटीभी राखेर प्रहरी आएनआएको निगरानी समेत गर्ने गरेको देखियो। संगठीत रुपमा यौन धन्दा चलाउने गरेको पुष्टी भएको छ,‘ बज्राचार्यले भनिन्,‘ न्यूरोडका व्यापारी देखि इन्जिनियर समेत ग्राहक बनेर आउने गरेको पाइयो।

’ पक्राउ मध्ये झापाका अग्रवाल न्यूरोड रञ्जना गल्लीमा व्यापार गर्दै आएका थिए भने बर्दियाका सुनिल बिष्ट केही दिन अघि मात्रै अष्ट्रेलियाबाट इन्जिनियरिङको पढाइ सकेर नेपाल फर्किएका थिए। उनीहरु दुबै ग्राहक बनेर गएको अवस्थामा रंगेहात पक्राउ परेको जानकारी एसएसपी बज्राचार्यले दिइन्। पक्राउ परेका सातै जनाविरुद्ध जिल्ला अदालत ललितपुरमा सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जानकारी एसएसपी बज्राचार्यले दिइन्।

प्रहरीले कोठाबाट परिवार नियोजनका अस्थायी साधन, विभिन्न औषधि लगायतका सामान बरामद गरेको छ। पक्राउ परेका सबैलाई मुलुकी अपराध संहिता, ०७४ को परिच्छेद – ५ को दफा ११९ र १२० अनुसार वेश्यागमन कसुरमा अनुसन्धान गर्न जिल्ला अदालत ललितपुरमा सात दिनको म्याद थपिएको ललितपुर प्रहरीले जनाएको छ। 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend