
१. लगातारको वर्षाका कारण खोटाङको रावाबेँसी गाउँपालिका–६ हौँचुरस्थित कच्ची सडकको हिलोमा फसेको एम्बुलेन्स निकाल्ने प्रयास गर्दै चालक ।
२. कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटबाडा र वडा नं ६ माल्कोट जोड्ने रहगाडमा रहेको झोलुुङ्गेपुल बाढीले बगाएपछि जोखिम मोलेर काठेसाँघु तर्दै स्थानीयवासी ।
३. पृथ्वीराजमार्ग अन्तर्गत तनहुँ खण्डमा सञ्चालित यात्रुवाहक बसमा भाडादर र स्वास्थ्य मापदण्ड जाँच गर्दै ट्राफिक प्रहरी ।
४. पोखराको फेवातालमा आइतबार साँझ पख देखिएको बत्तीको झिलिमिलि दृश्य ।
५.महाकाली नदीमा स्नान गर्न पुगेका भीमदत्त नगरपालिकाका किशोर टयुबमा चढेर मनोरञ्जन लिँदै ।
६.शुक्लाफाटाँ नगरपालिका वडा नं ७ नजिकको सामुदायिक वनमा जुरेली चराका गुँडमा रहेका बच्चा (बचेरा) ।
७.सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका– १ स्थित कोशी नदीको पलारमा आफ्नो जीविका चलाउन माछा मार्नको लागि जालोसहित जाँदै एक व्यक्ति ।
(हामीले यी तस्बिरहरु राससबाट लिएका हौँ । )
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend
© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend