काठमाडाैं । अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएकाे बीबीसीले उल्लेख गरेकाे छ ।
समाचारमा मृत्युको कारण भने खुलाइएको छैन । देशबाट बाहिर भाग्ने क्रममा उनीहरु विमानस्थल बाहिर जम्मा भएका थिए । बेलायती रक्षा मन्त्रालयले जारी गरेकाे बयानमा भनिएकाे छ ‘विमानस्थल बाहिरकाे स्थिति अत्यन्त चुनाैतिपूर्ण रहेकाे छ । याे स्थिति सम्हाल्ने प्रयासमा लागिरहेका छाैँ ।’
हजारौं अफगान नागरिकहरु देश छोड्नका लागि प्रयास गरिरहेका छन् । यही कारण काबुल एयरपोर्ट अराजक बनेकाे छ । अन्य मुलुकहरु पनि अफगानिस्तामा रहेका आफ्ना नागरिक फर्काउनका लागि प्रयास गरिरहेका छन् ।
विमानस्थलबाहिर भने तालिवानी लडाकुहरु बसेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यसअघि ३१ अगस्टसम्म सबै सैनिकलाई अफगानिस्तानबाट बाहिर निकाल्ने निर्णय लिएका थिए । अमेरिका अफगानिस्तानबाट बाहिरिने निर्णयपछि तालिबानले अफगानिस्तान कब्जा गरिसकेकाे छ ।
उक्त अवधिमा सबै विदेशी नागरिकलाई अफगानिस्तानबाट फर्काउन नसकिने अन्य देशहरुले जनाएका छन् । उनीहरुले समयसीमा बढाउनका लागिसमेत बाइडेनसमक्ष आग्रह गरेका छन् ।