झापा । झापा कन्काई नगरपालिमा एकै परिवारका तीनजना झुण्डिएको अवस्थामा मृत फेला परेका छन्।
कन्काई नगरपालिका(१ सिर्जना टोलका रविन बिक, उनकी श्रीमती मुना बिक र आठ महिनाकी छोरी रुविना बिक घर भित्र झुण्डिएको अवस्थामा मृत फेला परेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरु घरको ढोका भित्रबाट चुकुल लगाएको अवस्थामा झुण्डिएको फेला परेका हुन् ।
मृतकका आफन्तका अनुसार उनीहरु कोरोना संक्रमित थिए । तर, उनीहरु मध्ये क-कसलाई कोरोना सङ्क्रमण थियो भन्ने पुष्टि भइनसकेको एसपी सानुराम भट्टराईले जानकारी दिए ।