logo

२०८१ मंसिर १४ शुक्रबार

logo
  • शुक्रबार, १४ मंसिर २०८१
  • पत्रकारलाई फसाउन खोज्ने दुई प्रहरी निलम्बित

    पत्रकारलाई फसाउन खोज्ने दुई प्रहरी निलम्बित

    2.6K
    Shares

    काठमाडौं । रौतहटमा कार्यरत पत्रकारको मोटरसाइकलमा लागूऔषध राखेर फसाउन खोज्ने सादा पोशाकका दुई प्रहरी निलम्बनमा परेका छन्। 
    प्रहरी सहायक निरीक्षक उदयप्रसाद यादव र प्रहरी जवान मनोज साहलाई निलम्बन गरी घटनाको अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
    रौतहटमा कार्यरत पत्रकार मोहम्मद मोजुबुल्लाहलाई योजनावद्ध रुपमा लागू औषध कारोबारमा प्रहरी र पत्रकार नै मिलेर फसाएको पाईएको हो। 

    नेपाल पत्रकार महासंघ जिल्ला शाखा रौतहटका सह– सचिव संजय सहनीले योजनाबद्ध रुपमा लागुऔषध राख्न लगाएको जानकारी रौतहटका प्रहरी प्रमुख सिद्धि बिक्रम शाहले दिए।
    ग्त साउन ३२ गते पत्रकार मोजुबुल्लाह चढ्ने भारतीय नम्बर बीआर ३० एस १८८७ नम्बरको मोटरसाइलबाट लागू औषध नाइट्रेभेट एक सय ५० ट्यावलेट फेला परेको थियो।

    महासंघका सह–सचिव सहनीले रौतहट माधव नारायण नगरपालिका वडा नम्बर एकका धिरज यादव र सर्लाही रामनगर गाउँपालिकाका जितेश कुमार यादवलाई प्रयोग गरेर पत्रकार मोहम्मद चढ्ने मोटरसाइकलमा नाईट्राभेट राख्न लगाएको प्रहरी दावी छ। 
    प्रहरीले लागुऔषध राख्ने जितेक कुमार र धिरज यादवलाई नियन्त्रणमा लिएर अपराधिक षढयन्त्र गरेको कसुरमा अनुसन्धान सुरु गरेको जानकारी एसपी शाहले दिए। 
    प्रहरी प्रधान कार्यालयले दुई नम्बर प्रदेश प्रहरी कार्यालयलाई घटनाको सत्यतथ्य छानविन गरि दोषी देखिएकालाई कारबाही गर्न निर्देशन दिईसकेको छ। रौतहटका पत्रकारले प्रहरीको यो हर्कतको विषयमा पत्रकार सम्मेलन गरेर दोषीलाई कारबाही नगरेसम्म प्रहरीको कुनै पनि पत्रकार सम्मेलनमा सहभागी नहुने स्पष्ट पारेको छ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend