काठमाडौं । जनवादी गायक जेवी टुहुरेको उपचार खर्च सरकारले बेहोर्ने भएको छ ।
सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले गायक टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले नै व्यहोर्ने निर्णय भएको जानकारी दिएका हुन् ।
बुधबार साँझ ट्वीट गर्दै उनले भनेका छन्, ‘गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेवी टुहुरेको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । ध्यानाकर्षण लगत्तै निर्णय लिई प्रक्रिया अघि बढाएकोमा सम्माननीय @PM_nepalलाई धन्यवाद दिँदै, जेवी दाइको सिघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु ।’
गत अघिल्लो हप्ता मंगलबार कलंकीस्थित आफ्नै निवासमा अचानक बेहोस भएर लडेपटि उनलाई बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो । चिकित्सकका अनुसार ७६ वर्षीय टुहुरेलाई स्ट्रोक भएको हो ।
टुहुरेको आमा दिदीबिहिनी हो, के दिउँ दाइजो, शहिदका लासहरु लगायत थुप्रै गीत चर्चित छन् ।
गम्भीर स्थितिमा उपचाररत आदरणीय व्यक्तित्व जनवादी गायक जेबि टुहुरेको सम्पुर्ण उपचार खर्च सरकारले व्यहोर्ने भएको छ !
ध्यानाकर्षण लगत्तै निर्णय लिई प्रक्रिया अघि बढाएकोमा सम्माननीय @PM_nepal_ लाई धन्यवाद दिंदै, जेबि दाइको सिघ्र स्वास्थलाभका लागि भगवानसँग प्रार्थना गर्दछु l https://t.co/BrQZQoDfQb
— Bishwa Prakash शर्मा (@bishwaprakash77) August 25, 2021