महोत्तरी। आधा बर्खा सकिएसँगै महोत्तरी बर्दिबासका विनोद पौडेललाई अब बाढी आउँदैन लागेको थियो। तर १० भदौ यता अविरल वर्षा हुन थालेपछि उनलाई रातभरी निन्द्रा नै लाग्दैन।
उनी रातु खोलामा पुग्छन्, नदीले खेत कटान गरिरहेको हेर्न विवश छन्। उनका अनुसार रातु खोलाले उनीसहित स्थानीयको ८ कठ्ठा खेत कटान गरिसकेको छ। खेत बगर बनेको छ।
बाढीले महोत्तरीका विभिन्न क्षेत्रमा क्षति गरेको छ। रातु नदीको बाढीले बल्वा नगरपालिकामा मात्र करिब ९ सय घर डुबानमा परिसकेको जिल्ला विपद व्यवस्थापन समितिले जनाएको छ। नगरपालिकाको सबैभन्दा बढी क्षति तिलगडमा भएको छ।
प्रभावितलाई उद्दार गरेर सुरक्षित स्थानमा स्थानान्तरणको काम भइरहेको स्थानीय वसन्तराज साहले जानकारी दिए।
रातु, मराहा र जङगाहा नदीमा पानीको बहाव निक्कै बढेको छ। तटीय क्षेत्रमा बसोबास गर्ने सर्वसाधारणलाई सुरक्षित स्थानतर्फ स्थानान्तरणको तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले बताए।
अविरल वर्षाले विपन्न परिवार झनै सस्यामा परेका छन्। गौशाला नगरपालिकाका मुसहर वस्तीका मुसहर बालबालिका समस्यामा परेका हुन्।
टहराबाट पानी चुहिएर समस्या भएको मुसहर वस्तीका सुनिल सदाले बताए