logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • भारतमा फेरि बढ्न थाले काेरोना संक्रमित

    भारतमा फेरि बढ्न थाले काेरोना संक्रमित

    1.9K
    Shares

    काठमाडाैं । भारतमा थप ४६ हजार ७५९ जनामा कोभिड १९ संक्रमण देखिएको छ । पछिल्लो तीन दिनयता भारतमा दैनिक संक्रमितको संख्यामा पुन: बढ्न थालेकाे हाे ।

    तीन दिन अघिसम्म भारतमा दैनिक संक्रमित दर २५ हजार भन्दा कम थियाे । तर लगातार तीन दिन भारतमा संक्रमित बढीरहेका छन् । 

    अहिले भारतभर सक्रिय कोरोना संक्रमितको संख्या ३ लाख ५९ हजार ७७५ पुगेको त्यहाँकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ । भारतमा हालसम्म संक्रमणका कारण ४ लाख ३७ हजार ३७ जनाको कोभिड १९ संक्रमणका कारण मृत्यु भइसकेको छ।

    पछिल्लो २४ घण्टामा भारतमा १ करोड ३ लाख ३५ हजार २९० जनाले कोरोनाविरुद्ध खोप लगाएका छन् । 

    भारतमा हालसम्म ६२ करोड २९ लाख ८९ हजार १३४ जनाले खोप लगाइसकेका छन् । खाेप लगाइसकेका मानिसमा पनि संक्रमण देखिएपछि काेराेना महामारी थप चुनाैती बन्दै गइरहेकाे छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend