logo

२०८१ मंसिर ११ मंगलबार

logo
  • मंगलबार, ११ मंसिर २०८१
  • योगेशलाई मन पर्‍यो भरतमणिको ‘पारस’ रुप : नेताहरु कसलाई माग्‍दै छन् भोट ?

    योगेशलाई मन पर्‍यो भरतमणिको ‘पारस’ रुप : नेताहरु कसलाई माग्‍दै छन् भोट ?

    2.5K
    Shares

    काठमाडौं। नेपाली अर्गानिक रियालिटी शो ‘‘कमेडी च्याम्पियन’’को यतिखेर ‘सिजन २’ चलिरहेको छ। कान्तिपुर टेलिभिजनमार्फत प्रशारण हुँदै आएको यो शोले शुक्रबार र शनिबार मात्रै उत्कृष्ट तीनका लागि प्रतिस्पर्धात्मक भाग प्रशारण गर्यो। अन्तिम तीनका लागि भरतमणि पौडेल, बिक्की अग्रवाल, सन्तोष थापा र हिक्मत महराले आफ्नो प्रस्तुति दिए। भरतमणि ‘पर्फमर अफ द राउण्ड’ बाट उत्कृष्ट तीन भित्र परिसकेका छन्। अब बाँकी तीन भने दर्शकको भोटिङका आधारमा फाइनलमा प्रवेश गर्नेछन्। 

    उनीहरुका लागि यतिखेर आ–आफ्ना प्रशंसकले सामाजिक सञ्जालमार्फत भोट मागिरहेका छन्। प्रस्तुति, व्यक्तिगत र भौगोलिक निकटता नै भोट पाउने मुख्य आधार हुन्। तर, भौगोलिक निकटतालाई सम्झिँदै यतिखेर चार प्रतिस्पर्धीका लागि राजनीतिक दलका शीर्ष नेताले पनि भोट माग्ने गरेका छन्। 

    कसले कसका लागि मागे भोट ?

    योगेश भट्टराईलाई भरतमणिले गरेको पारस शाहको क्यारिकेचर मन परेको छ।  ताप्लेजुङका भरतमणिले शनिबारको प्रस्तुतिमा पूर्वयुवराज पारस शाहको क्यारिकेचर गरे। उनको प्रस्तुतिलाई जजहरुले पनि उत्कृष्ट भन्दै कमेन्ट गरे। लाइभ अडियन्सबाट वान्स मोरको माग आयो। प्रस्तुति लगत्तै ताप्लेजुङका एमाले नेता तथा पूर्व पर्यटनमन्त्री योगेश भट्टराईले फेसबुकमार्फत धमाकेदार र बबाल प्रस्तुति भन्दै बधाई तथा शुभकामना दिए। 

    भरतमणिको फोटो पोष्ट गर्दै उनले लेखे, ‘आजको धमकेदार र बबाल प्रस्तुतिले अब निर्धक्क भन्न सकिन्छ ताप्लेजुङ् (पाथिभरा) को शिरबाट उदाएका भरतमणि पौडेल एक पछि अर्को भूगोललाई छिचोल्दै आफ्नो प्रभावलाई राष्ट्रव्यापी बनाउन सफल भएका छन। राम्रो अवसर पाए र आफैंले अझ मेहनत गरे भने उनको प्रतिभाले देशको सीमालाई छिचोल्ने छ। भरतमणि भाइ धेरै शुभकामना।’

    bharata-madi-photo.jpg

    उसो त यसअघि पनि भट्टराईले ‘हास्यव्यङ्ग्य क्षेत्रका उदाउँदो मणि’ भन्दै भरतमणिका लागि भोट अपील गरेका थिए। त्यतिमात्र होइन, उनका लागि एक लाख पुरस्कारको घोषणा समेत गरिसकेका छन्। भरतमणिका लागि ताप्लेजुङका विभिन्न निकायबाट एक मुष्ट ६ लाख पुरस्कारको घोषणा भइसकेको छ। उनलाई यो रकम कमेडी च्याम्पियन सकिएपछि प्रदान गरिनेछ। 

    बिक्की अग्रवाल
    सिक्किमका बिक्की अग्रवाल ‘गोल्डेन की’ पाउँदै फिजिकल अडिसनबाट सिधै उत्कृष्ट २४ भित्र परेका प्रतिस्पर्धी हुन्। शोमा फरकफरक प्रयोग गर्न रुचाउने विक्कीले शनिबार विल्कुलै फरक प्रस्तुति दिए। उनले यो पटक ‘माइम एक्ट’ मार्फत दर्शकलाई मनोरञ्जन दिने प्रयास गरे। नेपाली हास्य जगतमा विल्कुलै फरक प्रयोग गरेका बिक्कीले ‘प्रतिस्पर्धाबाट बाहिरिन तयार छु तर यो एक्ट गरेबापत पछुतो छैन’ भनेपछि माहोल केही भावुक पनि बन्यो। प्रतिस्पर्धाको अन्तिम समयमा विक्कीले उठाएको चुनौतीलाई जजहरुले निकै तारिफ गरे।   

    यिनै विक्कीलाई जिताउन सिक्किममा अभियान नै चल्यो। सिक्किमका मुख्यमन्त्री पीएस गोलेले भोटको व्यवस्थाका लागि भन्दै बिक्कीका परिवारलाई ५ लाख नगद सहयोग गरे। नेपालमा पनि उनका फ्यानले सामाजिक सञ्जालमार्फत भोट अपील गरिरहेका छन्।

    campion.jpg

    सन्तोष थापा 
    उत्कृष्ट तीनका लागि प्रतिस्पर्धामा रहेका सन्तोष थापा गोरखा पालुङटारका हुन्। उनले गत शुक्रबार दिएको प्रस्तुतिमा निर्णयक मण्डलले निकै तारिफ गरे। सन्तोष पन्तबाहेक तीन निर्णायक(ऋचा शर्मा, मनोज गजुरेल र प्रदीप भट्टराई) ले उठेरै ताली बजाए।

    यिनै सन्तोषका लागि जिल्लाबासीको हैसियत पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले केही समय अघि जित्ने सम्भावना रहेको भन्दै शुभकामना दिए। आफूलाई भेट्न आइपुगेका थपासँग खिचेका तस्बिर शेयर गर्दै उनको पक्षमा भोट हाल्न समेत भट्टराईले आग्रह गरे।

    हिक्मत महरा
    उत्कृष्ट ८ बाट बाहिरिएका कञ्चनपुरका हिक्मत महरा वाइल्ड कार्डमार्फत शोमा पुन: प्रवेश गरेका हुन्। उनलाई अप्रत्याशित भोट आइरहेको भन्दै उनकै साथीहरुले शो मा रोष्ट गर्ने गरेका छन्। हिक्मतका लागि भने यसअघि पूर्व खानेपानी मन्त्री समेत रहेकी नेतृ विना मगरले भोट अपील गरेकी छन्। ‘सुदूरपश्चिम प्रतिभाको अब्बल योद्धा’ भन्दै उनले उत्कृष्ट ६ का लागि भोट मागेकी थिइन्। उनले फेसबुकमा भोटिङ प्रक्रिया नै राख्दै भोट गर्न अनुरोध गरेकी थिइन्। 

    विशाल भण्डारीको निर्देशनमा प्रशारण हुँदै आएको कमेडी च्याम्पियन सिजन २ ले आगामी साता विजेता पाउनेछ। विजेताले २५ लाख नगदसहित कार उपहार पाउनेछन्। शोमा रिमा विश्वकर्मा र यसअघि सिजन १ मा सहभागी रहेका मेक्सम गौडेल होष्ट छन्। पहिलो सिजनमा धादिङका हिमेश पन्तले उपाधि जितेका थिए।

    hikmat-mahara.jpg


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend