काठमाडौं । पछिल्लो २४ घण्टामा १३८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७२५९ पीसीआर परीक्षणमा १२१४ जना र ३०३८ एन्टिजेन परीक्षणमा १७४ जना गरी १३८८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा २२६० जना संक्रमणमुक्त भएका छन् । कोरोना संक्रमणका कारण २४ जनाको मृत्यु भएको छ ।
आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५९ हजार २२२ पुगेको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ७१४ पुगेको छ भने ७ लाख १२ हजार ७१२ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ७९६ जना रहेका छन् । जसमध्ये ३२ हजार ७४४ जना होम आइसोलेसनमा रहेका छन् । ३ हजार ५०५२ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
कोरोनाका बिरामीमध्ये ६२५ जना आईसीयू र १६७ जना भेन्टिलेटरमा उपचाररत छन् । यसैगरी मन्त्रालयका अनुसार १० वर्ष मुनिका ३१ बालबालिकामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ देखि २० वर्ष उमेर समूहका ९९ जना कोरोना संक्रमित थपिएका छन् ।