logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना पूर्ण रुपमा फिर्ता, सकियो उद्धार अभियान

    अफगानिस्तानबाट दुई दशकपछि अमेरिकी सेना पूर्ण रुपमा फिर्ता, सकियो उद्धार अभियान

    1.9K
    Shares

    एजेन्सी । दुई दशक देखि अफगानिस्तानमा आफ्ना सेनालाई अमेरिकाले पूर्ण रूपमा फिर्ता गरेको छ।

    काबुलस्थित अमेरिकी राजदूत रस विल्सन र त्यहाँ रहेका अमेरिकी कमान्डर जनरल क्रिश डोनाह्यु अन्तिम उद्धार उडानमा सहभागी भएको बताइएको बीबीसीमा उल्लेख छ । 

    लडाकू समूह तालिबानलाई परास्त गर्न भन्दै २० वर्ष अघि अमेरिकाले आफ्ना सेनालाई अफगानिस्तानमा खटाएको थियो । तर, राष्ट्रपतिमा जो बाइडेन आएसँगै अमेरिकाले आफ्ना सेना फिर्ता गर्ने घोषणा गरेको थियो । पछिल्लो समय अमेरिकाले आफ्ना सेना फिर्ता लिएपछि तालिबानले अफगानिस्तानमा कब्जा जमाउन सफल भएको हो । 

    यद्यपी, त्यहाँ फसेका आफ्ना नागरिक र सेनाको उद्धारका लागि अमेरिकाले अगस्ट ३१ सम्मको समय पाएको थियो । समय समाप्त भएसँगै विमानस्थलमा उद्धारका लागि खटाइएको अमेरिकी सेना स्वदेश फर्किएको हो । 

    अन्तिम अमेरिकी विमान बाहिरिएसँगै, तालिबानहरूले काबुलको रात्रिकालीन आकाशमा रातो प्रकाश छरेर अनि मेसिन गनमार्फत गोली चलाएर खुशीयाली मनाएका थिए।

    पछिल्लो दुई हप्तामा अमेरिकी, अरू विदेशी र अफगान गरी लगभग १ लाख २० हजार जनालाई उद्धार गरिएको थियो।
    राष्ट्रपति बाइडनले फौज फिर्तीबारे मङ्गलवार अमेरिकी जनतालाई सम्बोधन गर्दैछन्।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend