काठमाडाैं । धितोपत्र बजारमा शेयर कारोबार नेप्से परिसुचक बुधबार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसुचक साताको चौथो दिन बुधबार २९७७.२९ बिन्दुबाट बढेर २९७६.९८ मा शेयर कारोबार बन्द भएको हो ।
साताको चौथो दिन नेप्से ०.०४ प्रतिशतले बढेको हो । ठूला कम्पनी शेयर कारोबार मापक सेन्सेटिभ परिसुचक ०.१७ अंकले बढेर ५५०.६९ बिन्दुमा पुगेको छ । कारोबार भएको १३ उपसमूहमध्ये बुधबार चार उपसमूहको शेयर उकालो लागेको छ भने बाँकी ९ उपसमूहको शेयर भने ओरालो लागेको छ ।
बुधबार होटल तथा पर्यटनको शेयर बढेको छ । त्यस्तै, बैकिङ ०.४, होटल तथा पर्यटन ३.७६, लाईफ इन्स्योरेन्स ०.४४, इन्भेष्टमेन्ट ०.०१ को शेयर कारोबार बढेको छ । त्यस्तै ट्रेडिङ ०.२, विकास बैंक ०.७, हाइड्रो पावर ०.५८ , फाइनान्स २.७५, नन लाईफ इन्स्योरेन्स ०.४६, उत्पादन ०.०४, माइक्रो फाइनान्स ०.११ तथा म्युचल फण्ड ०.३८ बिन्दुले घटेको छ ।
बुधबार २२६ वटा कम्पनीको कारोबार भएको छ । १ करोड ७१ लाख ८२ हजार ८ सय ७१ कित्ता शेयरको ९ अर्ब ३५ करोड १७ लाख ९९ हजार ६ सय ५५ रुपैयाँ बराबर कारोबार भएको छ । बुधबार अरुण भ्याली हाइड्रो पावर डेभलपमेन्ट कम्पनी लिमिटेडको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको ५९ करोड ९९ सय लाख ३६ हजार रुपैया बराबरको कारोबार भएको हो ।
यस्तै रुरु जलविद्युत परियोजना कम्पनी लिमिटेडका लगानीकर्ताले सबै भन्दा धेरै कमाएका छन् । कम्पनीको शेयर मूल्य ७.५५ प्रतिशतले बढेर १ हजार ४ सय ४८ रुपैयाँ पुगेको छ ।
ओरियन्टल्स होटल लिमिटेड ६.१४, युनाईटेड मोदी हाइड्रो पावर लिमिटेड ६.०४, हिमालयन उर्जा बिकास कम्पनी लिमिटेड ६.०२ , सोल्टी होटल लिमिटेड ५.७३ ,मनकामना स्मार्ट लघुवित वितिय सस्था लिमिटेड ४.००, कालिका पावर कम्पनी लिमिटेड ३.९९, नयाँ सारथी लघुवित वित्तीय संस्था लिमिटेड ३.४५ , हिमालयन पावर पार्टनर लिमिटेड ३.४३, शीर्ष स्थानमा रहेका छन् ।
बुधबार भएको कारोबारमा लगानीकर्ताले सनराइज फस्ट म्युचल फण्ड ९.९८, खानीखोला हाइड्रो पावर कम्पनी लिमिटेड ७.७७, गुहेश्वरी र्मचेन्ट बैंक एण्ड फाइनान्स कम्पनी लिमिटेड ६.२७ करर्पोरेट विकास बैँक लिमिटेड ५.७५, आईसीएफसी फाइनान्स लिमिटेड ५.२८ प्रतिशतले गुमाएका छन् ।