काठमाडौं । नर्भिक अस्पतालमा उपचाररत मोडल तथा कलाकार निशा घिमिरेको बुधबार साँझ निधन भएको छ ।
नर्भिक अस्पतालका प्रवक्ता सोमनाथ बाँस्तोलाले निशाको निधन पुष्टि गर्दै लगातारको उपचारपछि पनि स्वास्थ्य अवस्थामा अपेक्षित सुधार आउन नसकेको बताए ।
अस्पतालको सिसियुमा लगातार राखी उपचार गरिएको र नर्भिकले गरेका सबै प्रयासका बाबजुद मोडल घिमिरेको निधन हुन पुगेकोमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले दुख व्यक्त गरे ।
पछिल्लो समय उनको मुटु र मिर्गौलाले काम गर्न छोडेको थियो। लामो समयदेखि थाल परेकी निशाको अवस्था बुधबार बिहानदेखि गम्भीर बन्दै गएको थियो।