logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

    धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगाना निलम्बित

    2.2K
    Shares

    काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई  निलम्बन गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । ढुंगानाले कानून विपरीत आफन्तको नाममा शेयर खरीद गरेको भन्दै विवादमा मुछिएका थिए । 

    बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले बोर्डका अध्यक्षका सम्बन्धमा छानबीन गरी प्रतिवेदन पेश गर्न उच्च अदालतका पूर्वन्यायाधीश अनन्तराज डुम्रेको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरेको हो ।

    अध्यक्ष ढुंगानाले छोरीका नाममा शेयर किनेपछि अर्थमन्त्रालय र अर्थ समितिले स्पष्टीकरण सोधेको थियो। ढुंगानाकी छोरीको नाममा सर्वोत्तम सिमेन्टको शेयर खरीद भएको पाइएको थियो ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend