logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    नेप्से परिसूचक दोहोरो अंकले घट्यो

    1.9K
    Shares

    काठमाडाैं । साताको अन्तिम दिन बिहीबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ ।

    नेपाल स्टक एक्सचेन्ज परिसूचक २९७६.१८ बिन्दुबाट सुरु भएको शेयर कारोबार २९२६.८९ बिन्दुमा गएर शेयर कारोबार बन्द भएको हो । साताको अन्तिम कारोबार बिहिबार शेयर कारोबार मापक नेप्से परिसुचक उच्च अंकले घटेको छ । नेप्से परिसुचक ५० अंकले घटेर २ हजार ९ सय २६ दशमलब ८९ अंकमा झरेको छ ।

    नेप्से परिसुचक ठूला कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेकस पनि ८ दशमलब ९० अकंले घटेको छ । नेप्से परिसुक दोहोरो अंकले घट्दा कारोबार रकम समेतमा प्रभाव देखिएको छ । कूल २३० कम्पनीको १ करोड ८१ लाख ९ हजार ९सय ६७ किता ९ अर्ब ५० करोड ५९ लाख ७० हजार ८ सय २२ रुपैया शेयर खरिद बिक्री भएको छ ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार भएका १३ वटा उपसमूहको शेयर ओरालो लागेको छ ।

    त्यसमा बैकिङ ०.८३, ट्रेडिङ १.०७, होटल तथा पर्यटन ०.०३, बिकाश बैंक ३.२९, हाइड्रो पावर ३.३९, फाइनान्स ३.६८, नन लाइफ इन्सुरेन्स १.७, उत्पादन १.८५, अन्य १.९६, माईक्रो फाइनान्स ०.४२, लाइफ इन्सुरेन्स २.०२, म्युचल फण्ड ०.८४ इन्भेष्टमेन्ट ३.३१ बिन्दुले शेयर घटेको छ ।

    कारोबारका आधारमा अरुण भ्याली हाइड्रो पावर कम्पनी लिमिटेड, एपी पावर कम्पनी लिमिटेड, नग्दी ग्रुप पावर लिमिटेड, युनाईटेड मोदि पावर हाईड्रो लिमिटेड, हिमालयन डिस्टिलेरी लिमिटेड शीर्ष स्थानमा रहेको छ । त्यस्तै, सानिमा लाइफ इन्सुरेन्स १०.००, मनकामना स्मार्ट लघुविति वितिय सस्था लिमिटेड ९.९९, चन्द्रागिरी हिल्स लिमिटेड ५.२३, खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेड ५.००, डेपरोसि लघुवित्त बित्तीय सस्था  लिमिटेड ४.३२ प्रतिशत बढेको छ ।

    त्यस्तै, नारायणी विकास बैंक लिमिटेड ६.८७, करपोरेट विकास बैंक लिमिटेड ६.४८, अरुण काबेली पावर लिमिटेड ६.०९, एनआरएन  इन्फ्रास्ट्रक्चर एण्ड विकास लिमिटेड ५.८८ , कर्णाली बिकास बैंक लिमिटेड ५.८० प्रतिशतले गुमाएका छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend