काठमाडौँ – नेपाल विद्युत प्राधिकरणले प्राबिधिक प्रशासन लगायत विभिन्न पदपूर्तिका लागि ठूलो संख्यामा कर्मचारी माग गरेको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले लोक सेवा आयोगद्वारा लिइने खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो ।
योग्यता पुगेका उमेद्वारहरुले दरखास्त नेपाल बिद्युत प्राधिकरणको वेवसाइटमार्फत सिधै आवेदन दिन सकिने समेत विद्युत प्राधिकरणले जनाएको छ।