logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • क्युवामा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप

    क्युवामा बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप

    1.9K
    Shares

    क्युवामा शुक्रबारदेखि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ ।  

    एजेन्सी । कोरोनाभाइरसको महामारी बढ्दै गएकाले क्षती न्युनिकरणका लागि बालबालिकालाई पनि कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको अधिकारीले जनाएका छन् । क्युवाका स्वास्थ्य अधिकारीका अनुसार दुई वर्षदेखि १८ वर्षसम्मका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप लगाउन थालिएको हो ।  

    बालबलिकासँगै शिक्षक शिक्षिकालाई पनि खोप लगाएर विद्यालयको पठनपाठन भौतिक उपस्थीतिसहित सुरु गर्ने योजना क्युवा सरकारले बनाएको छ ।

    उनीहरुलाई खोप लगाउने अभियानको पहिलो चरणमा ८० हजार माध्यामिक तहका विद्यार्थी र १० हजार शिक्षकलाई खोप लगाइने भएको छ ।

    क्युवामा देशभरी गरेर अहिले सात हजार विद्यालय रहेका छन् । उनीहरु मध्ये अधिकांशलाई खोप केन्द्रसमेत तोकिएको छ । 
    सबै विद्यार्थी र शिक्षक शिक्षिकाले खोपको मात्रा पुरा गरेपछि विद्यालयमा पठन पाठनसमेत सुरु गरिने अधिकारीले जानकारी दिएका छन् ।  

    क्युवामा पछिल्लो एक दिनमा छ हजार ९२७ जनाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् भने ७४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend