काठमाडौं । सिङ्गापुरको एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले पुरष्कृत गर्ने कर्पोरेट एण्ड इन्भेष्टमेण्ट बैंकिङ्ग अवार्ड श्रेणी अन्तर्गत ग्रीन डिल अफ द इयर २०२१ को उपाधिबाट एनएमबी बैंक सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) संग नेपालमा हरित कर्जा प्रवाहको क्षेत्रमा गरेको सम्झौताको आधारमा एनएमबि बैंकलाई एशियन बैंकिङ्ग एण्ड फाईनान्स पत्रिकाले नेपालकै दिगो बैंकिङ्गको क्षेत्रमा अग्रणी बैंकको रुपमा सम्मान गरेको छ । आईएफसीसँग सम्झौता अन्तर्गत एनएमबि बैंकले आईएफसीद्वारा निर्देशित योग्यताको मापदण्डमा रहेको हरित योजनामा कर्जा प्रवाह गर्दछ ।
एनएमबि बैंकले ग्रीन डिल अन्तर्गतको अवार्ड दिगो बैंकिङ्ग र जलवायूमैत्री परियोजना र उद्यमशील गतिविधिहरु प्रति निरन्तर प्रतिबद्धता प्रस्तुत गरे बापत उक्त उपाधी प्राप्त गरेको हो ।