काठमाडौं । नेपाल विज्ञापन संघ (आन) र मुक्तिनाथ विकास बैंक लिमिटेडबीच आइतबार आनका सदस्य एजेन्सीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा सम्झौता भएको छ ।
सम्झौतापत्रमा आनका तर्फबाट अध्यक्ष सोमप्रसाद धिताल र बैंकका तर्फबाट अध्यक्ष प्रध्युमन पोखरेलले हस्ताक्षर गरेका छन् ।
सम्झौताअनुसार बैंकले आनका सदस्य संस्थालाई दुई बर्षका लागि १५ लाख रुपियाँसम्मको बिना धितो कर्जा प्रवाह गर्नेछ । आनका हाल डेढ सयभन्दा बढि विज्ञापन एजेन्सीहरू सक्रिय सदस्य छन् भने झण्डै सात सय एजेन्सीहरू सम्वन्धित रहेर व्यवसाय गर्दै आएका छन् ।