आइतबार, बैशाख १ २०८२

आइतबार, बैशाख १ २०८२

कुमारीको निःशुल्क एन्टिजन् टेस्ट क्याम्प

कुमारीको निःशुल्क एन्टिजन् टेस्ट क्याम्प

काठमाडौं । कुमारी बैंकले कोभिड–१९ को संक्रमणसँग जुध्नका लागि ‘निःशुल्क एन्टिजन् टेस्ट् क्याम्प’ आयोजना गरेको छ । सो क्याम्प काठमाडौंको टंगालस्थित बैंकको कर्पोरेट कार्यालयमा, भदौ १८  गते आयोजना गरेको थियो । 

क्याम्पमा आफ्नो नाम तथा नम्बर दर्ता गराई एन्टिजन् टेस्ट गराउने व्यक्तिको कोरोना संक्रमण भए, नभएको रिपोर्ट १५ मिनेटमा नै दिएको थियो । आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत कोरोनाविरुद्धको लडाइँमा बैंकले सहयोग गर्ने उद्देश्यले उपरोक्त कार्यकम आयोजना गरेको हो ।

बैंकले १ सय ९६ शाखा सञ्जाल, १ सय ६५ एटीएम, २८ शाखारहित बैंकिङ इकाइ तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ । 

ताजा अपडेट
लोकप्रिय
सम्बन्धित समाचार

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend

© 2025 All right reserved to Sunaulonepal.com | Site By : SobizTrend