logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • लगानीकर्तालाई विश्वास गर्ने वातावरण बनाउनुपर्छ : अर्थमन्त्री शर्मा 

    लगानीकर्तालाई विश्वास गर्ने वातावरण बनाउनुपर्छ : अर्थमन्त्री शर्मा 

    2.2K
    Shares

    काठमाडौँ। अर्थमन्त्री जनार्दन शर्माले नेपालमा लगानीको वातावरण बनाउनुपर्ने बताए। लगानी बोर्ड नेपाल लगानीलाई भित्र्याउने एउटा ढोका भएको बताउँदै अर्थमन्त्री शर्माले लगानीकर्ताले लगानीको ढोकाबाट प्रवेश गर्दा विश्वास दिलाउन सक्ने वातावरण सिर्जना गर्नुपर्ने बताए। 

    शर्माले लगानी प्रवाहलाई प्रवद्र्धन गर्न सरकारले सार्वजनिक निजी साझेदारी लगानी ऐन, वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण ऐन, औद्योगिक उद्योग ऐन जस्ता नीति निर्माण गरेकोले अब यसलाई कार्यान्वयन गरेर लानुपर्नेमा जोड दिएका छन्। 

    अर्थमन्त्री शर्माले लगानी गर्नुको मुख्य उद्देश्य भनेको गरिबीको अन्त्य गर्ने, व्यापार घाटाको अन्त्य गर्ने र देशलाई समृद्ध स्तरमा पुर्याउने भएको बताए। उनले नेपालका विभिन्न स्थानहरुमा लगानी गर्नका लागि विदेशी लगानीकर्तालाई उत्साहका साथ नेपाल आउने व्यवस्था र वातावरण सिर्जना गर्न सरकार लागि परेको बताए। 

    ‘मान्छेको उमेरको दृष्टिकोणले हेर्यो भने १० वर्ष बाल्यकाल साधारण जस्तो हो, लगानीको दृष्टिकोणले हेर्यो भने १० वर्ष एउटा युग परिवर्तन गर्ने समय पनि हो’, शर्माले भने, ‘यहाँसम्म आइपुग्दा हामीले केही महत्वपूर्ण लगानीसहित केही आवश्यक आधारभूत तयार भएको कुरा पाउँदछौँ, तर अबको १० वर्ष भित्र हाम्रा अपेक्षाहरुलाई पूरा गर्ने स्तरको लगानी गर्न आवश्यक छ भन्ने मलाई लाग्छ।’ 

    लगानीको वातावरण बनाइरहेको र लगानीकर्ताका मागलाई सरलीकरण गर्नुपर्ने उनको भनाइ छ। लगानीका निम्ति नीति बनिसकेकाले अब कार्यान्वयन गर्नुपर्नेमा शर्माले जोड दिए। 

    ‘हामी के भन्छौँ होइन, के गर्दछौँ भन्ने कुरा महत्वपूर्ण हो, हामी लगानीको वातावरण बनाइरहेका छौँ’, शर्माले भने, ‘लगानीकर्ताहरुले उठाउनुभएका विषयलाई हामी सम्बोधन गर्छौं कि गर्दैनौँ ? नीति बनिसकेका छन्। अब यसलाई व्यवहारमा कार्यान्वयन गरेर लैजानुपर्छ।’

    कार्यक्रममा उर्जा तथा जलश्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले विकासको योजनालाई पहिलो प्राथमिकतामा राखेको बताइन्। भुसालले नेपाल विद्युत उत्पादनको क्षेत्रमा धनी रहेको भन्दै अहिले हाइड्रोपावरको क्षेत्रमा धेरै ध्यान दिइरहेको उल्लेख गरेकी छन्।  


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend