logo

२०८१ पुष १४ आइतबार

logo
  • आइतबार, १४ पुष २०८१
  • तीजकै दिन दशरथ रंगशालामा चेलीको ‘डेब्यू’ 

    तीजकै दिन दशरथ रंगशालामा चेलीको ‘डेब्यू’ 

    3K
    Shares

    काठमाडौं । हरितालिका तीज नेपालको एक विशेष पर्व हो । भाद्र शुक्ल तृतीयाको दिन हिन्दु महिलाहरूले भगवान् शिवको पूजा आराधना गरी व्रत बस्नुका साथै नाचगान गरेर धुमधाम सँग तीज मनाउँछन् । 

    तर, नेपाली राष्ट्रि महिला खेलाडीका लागि तीजको दिन (आज) नाच्ने र शिवको पूजा आराधना गर्ने छुट छैन । एएफसी कप महिला छनोट प्रतियोगिताको तयारीमा रहेको नेपालले बिहीबार बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल्दैछ । मैत्रीपूर्ण खेल साँझ ५ बजे सुरु हुनेछ । 

    एउटा संयोगनै मान्नु पर्छ नेपाली महिला टोलीका लागि बिहिबार दशरथ रंगशालामा ‘डेब्यु’ गर्ने मौका पनि मिलेको छ । नेपाली महिलाले अन्तर्राष्ट्रिय फुटबलमा पाइला चालेको साढे तीन दशक भएको छ । तर घरेलु मैदान दशरथ रंगशालामा महिला राष्ट्रिय टोलीले खेल्ने अवसर पहिलो पल्ट पाउँदैछ । 

    नेपाली महिला टोलीले सन् १९८६ मा पहिलो पटक एएफसी महिला च्याम्पियनसिप विदेशमा खेलेको थियो । तर नेपाली महिला राष्ट्रिय फुटबल टिमले औपचारिक खेल दशरथ रंगशालामा खेल्ने अवसर कहिल्यै पाएन । 

    सन् २०१६ मा नेपालले मलेसियासँग स्वदेशमै मैत्रीपूर्ण खेलेको थियो । तर त्यो खेल एन्फा कम्प्लेक्स मैदानयो । त्यसपछि नेपालले अन्य खेल पाखरा र विराटनगरमा खेलेको थियो । यस्तोमा बंगलादेशविरुद्ध हुने पहिलो मैत्रीपूर्ण खेल नेपाली महिला टोलीका लागि ऐतिहासिक हुनेछ । 

    नेपाल र बंगदेशबीच दुई वटा मैत्रीपर्ण खेल हुनेछ । अर्को खेल आइतबार खेलिनेछ । मैत्रीपूर्ण खेलका लागि बंगलादेशी टोली चार दिनअघि काठमाडौं आएको हो । मैत्रीपूर्ण खेल जित्ने दुवै टोलीका प्रशिक्षकले दाबी गरेका छन् ।

    नेपाली टोलीका प्रशिक्षक ग्यारी फिलिप्सले कोभिडको कठिन अवस्थामा बंगलादेशविरुद्ध खेल्न पाउनु राम्रो अवसर भएको बताए । ‘हामीले ६ हप्ता तयारी गरेका छौं  । केही खेलाडी घाइते छन् । जसले गर्दा नयाँ खेलाडीलाई मौका मिल्नेछ,’ ग्यारीले भने । उनले टोलीकी प्रभावशाली स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ टोलीमा नहुँदा ठूलो घाटा भएको पनि बताए ।

    ‘साम्बा नहुनु ठुलो घाटा हो । साम्बाको अभावमा टोलीलाई शारिरिक र मानसिक तनाव पक्कै हुन्छ । तरपनि नेपालले जितका लागि खेल्नेछ,’ ग्यारीले भने । घुँडाको चोट बोकेकी साम्बा उपचारका लागि अहिले कतारमा छिन् । 

    यसैगरी बंगलादेशका प्रशिक्षक गोलाम छोटनले नेपालविरुद्धको मैत्रीपूर्ण खेलले एएफसी कपको छनोटमा सहयोग पुग्ने बताए । ‘नेपाल बलियो टोली हो । बंगाली टोलीमा अधिकांश खेलाडी उमेर समूहका छन् । तरपनि नेपालविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुनेछ,’ गोलामले भने । 

    एएफसी महिला एसियन कप २०२२ को छनोट खेल ९ दिनपछि उज्वेकिस्तानमा हुँदैछ । छनोटमा नेपाल समूह ‘एफ’मा परेको छ । नेपालको समूहमा फिलिपिन्स र हंङकङ छन् । समूहको शीर्ष टोलीले सन् २०२२ मा भारतमा हुने एएफसी महिला एसियन कपमा स्थान बनाउनेछ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend