logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • ओरालो लाग्दै करोडौँ लगानीका पर्यटन व्यवसाय

    ओरालो लाग्दै करोडौँ लगानीका पर्यटन व्यवसाय

    2.4K
    Shares

    पर्वत । कोरोना महामारीका कारण अहिले पर्यटकको आवागमन बन्द छ । पर्यटक आगमन नहुँदा पर्वतमा करोडौँ लगानी गरी सञ्चालनमा ल्याइएका पर्यटन व्यवसाय ओरालो लागेका छन् । 
    कोरोना महामारीका कारण पर्यटक आउन छाडेपछि व्यवसाय सञ्चालनका कम जनशक्ति राखिएको छ । कालीगण्डकीमाथि बागलुङ र पर्वत जिल्ला जोड्ने गरी निर्माण भएको ‘द क्लिफ’ बञ्जी अहिले सुनसान जस्तै छ । कोरोना महामारी बीच नै सञ्चालनमा ल्याईएको विश्वकै अग्लो दाबी गरिएको यस बञ्जी जम्पमा पहिले करिब तीन दर्जन व्यक्तिले बञ्जी गर्थे तर कोरोना महामारी बढ्दै जाँदा अहिले दैनिक एकादुई बाहेक बञ्जी गर्न आउँदैनन् ।

    व्यवसाय गर्नका लागि गरिएको लगानीको ब्याजसमेत तिर्न समस्या परेका व्यवसायी बताउँछन् । बन्दाबन्दीको समयमा त यहाँ बञ्जी नै ठप्प हुन्छ । जनशक्तिलाई पारिश्रमिक दिन समेत समस्या हुन थालेपछि यहाँ पर्यटन व्यवसायीले कर्मचारी कटौती गरी कम जनशक्ति राखेका छन् ।  जुन सोचले करौँडौ लगानी गरिएको थियो उक्त लगानीबाट सोचे अनुरुपको काम नबन्दा अहिले व्यावसायी समस्यामा छन् । देशमै केहि गर्छु भनेर पर्यटन व्यवसायमा लागेका युवा अहिले कोरोनाका कारण व्यवसाय ओरालो लागेपछि निराश बनेका हुन ।

    ‘द क्लिफ’ का प्रमुख प्रशासकिय अधिकृत ईश्वर कार्की भन्छन् ‘ हामीले कोरोना महामारीबीच नै बञ्जीको सुरुवात गरेका थियौँ, तर अहिले दैनिक एक दुई जनाभन्दा बञ्जी गर्न आउनु हुन्न, अहिले त बर्खा पनि लाग्यो बाढी र पहिरोको समयमा त झन समस्या भएको छ । अहिले कर्मचारी कटौती गरेर र काम गर्नेलाई पनि तलब घटाएर दिनुपर्ने अवस्था रहेको छ । करोडौँ लगानी गरेर देशमा पर्यटन पनि भित्रिएलान, युवाहरुलाई रोजगारी पनि होला भन्दै व्यवसाय त लगानी ग¥यौँ तर, अहिले व्यवसाय ओरालो लागेको छ । हामी जस्ता व्यवसायीलाई निराश बनाएको छ ।’

    अहिले पर्वतमा बन्जी र स्वीङमात्र नभइ स्काई साइक्लिङ, स्काई चियर, प्रार्थना हात पर्यकीय हिसाबले महत्वपूर्ण मानिन्छन्  । पर्वतमा बञ्जी बनेपछि बञ्जी आसपासमा खोलेका नयाँ होटल व्यवसाय पनि अहिले ओरालो लागेका छन् । केहि पहिले भिड हुने पर्वतका होटल अहिले सुनसान छन् । पछिल्लो समयमा कोरोना मात्र नभई बाढी पहिरोको कारण सर्वसाधारणलाई आवत जावत गर्न समस्या छ । सोको कारण पनि व्यापारमा गिरावट आएको होटल व्यवसायीको आशिष शर्माको भनाइ छ ।

    ‘बञ्जी खोलेपछि केही व्यवासाय होला भनेर हामीले पनि होटल खोलेका थियौ । तर, कोरोनाले त ऋण खोजेर व्यवसाय गर्नेलाई समस्या भएको छ । मानिसहरुको आवत–जावत पनि कम छ । पहिले दैनिक लाखौँसम्म पनि कमाइ हुन्थ्यो अहिले हुन्न । पहिले भन्दा करिब ९० प्रतिशतले व्यापारमा गिरावट आएको छ ।’ पर्वत लामा झोलुङे पुल, साहसिक खेल लगायतका कारण पर्यटकिय हिसाबले अब्बल मानिन्छ । पहिले देशका विभिन्न ठाउँबाट ठूलो संख्यामा पर्यटक पर्वत भित्रिने गर्थे । 

    तर, अहिले त्यसको ठिक विपरित छ । पर्वतमा ठूलो संख्यामा पर्यटक भित्राउने हिसाबले खोलिएका पर्यटन व्यवसायी अहिले मारमा परेको द क्लीफका जम्प मास्टर प्रकाश प्रधान बताउँछन् । अहिले व्यवासीलाई व्यवसाय सञ्चालन गर्नका लागी ल्याईएको बैँकको व्याज र जनशक्तिलाई पारिश्रमिक दिन समेत मात्र धौँ–धौँ परिहेको प्रधानले बताए । साघुँरिदै गएको पर्यटन व्यवसायलाई चलायमान बनाउनका सोही अनुरुपको नीति बनाउन जरुरी रहेको पर्यटन व्यवसायी बताउँछन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend