logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • राष्ट्र बैंकले भन्यो क्रिप्टो करेन्सीको कारोबार अवैद्य

    राष्ट्र बैंकले भन्यो क्रिप्टो करेन्सीको कारोबार अवैद्य

    3.7K
    Shares

    काठमाडौं । नेपाल राष्ट्र बैंकले  क्रिप्टो करेन्सी वा माइनिङलाई अवैद्य घोषणा गरेको छ । बैंकले बिहीबार विज्ञप्ति जारी गर्दै क्रिप्टो करेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएको प्रष्ट पारेको हो।

    बैंकले विदेशी विनियम (नियमित गर्ने) ऐन २०१९ ले व्यवस्था गरेको कानुनी प्रावधानअनुसार क्रिप्टो करेन्सीको कारोबार, प्रयोग र माइनिङ गैरकानुनी भएकाले यसको कारोबार, प्रयोग र माइनिङ गरेको पाइएमा ऐनअनुसार कारवाही गर्ने उल्लेख गरेको छ ।

    यस्ता प्रकारको कार्यमा संलगन हुन प्रोत्साहन गर्ने, गराउनेसमेत भएको पाइएमा र यस्ता कार्यबाट ठगिएको भेटिएमा मुद्रा अपचलनसम्बन्धी मुद्दा र सजाय हुने बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

    अन्तर्राष्ट्रिय मुलुकमा क्रिप्टो करेन्सीको कारोबार भए  पनि नेपालमा भने अवैद्य मानिएको छ । विभिन्न मुलुकमा क्रिप्टो करेन्सीबाट भुत्तानीसमेत स्वीकार गर्न थालिएको छ ।

    भारतमा समेत प्रतिवन्ध रहेको क्रिप्टो करेन्सीको बिषयमा अध्ययन गरी खुलाउन सकिने समाचार पनि विभिन्न सञ्चारमाध्यममा आएको छ । यस्तै चीनमा पनि यसको प्रयोग र कारोबारमाथि प्रतिबन्ध लगाइएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend