काठमाडौं । नेपालमा सबैभन्दा बढी बाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । नेपाल राष्ट्र बैंकले प्रत्यक्ष विदेशी लगानी सम्बन्धि अध्ययन गरि सार्वजनिक गरेको प्रतिवेदनअनुसार सबैभन्दा बढी भारतबाट यस्तो लगानी भित्रिएको हो । बैंकले गत आर्थिक वर्ष २०७७÷७८ को विदेशी लगानीसम्बन्धी अध्ययन गरेको हो ।
बैंकले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भित्रिएको वैदेशिक लगानीमध्ये सबैभन्दा बढी औद्योगिक क्षेत्रमा आएको छ । भित्रिएको कुल विदेशी लगानीमध्ये ५६ प्रतिशत औद्योगिक क्षेत्रमा आएको छ । यस्तै ४३.९ प्रतिशत सेवा क्षेत्रमा आएको छ । औद्योगिक क्षेत्रअन्तर्गत पनि उत्पादन क्षेत्रमा २८.३ प्रतिशत र जलविद्युत क्षेत्रमा २७.५ प्रतिशत यस्तो लगानी आएको छ । यस्तै कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २ सय ७३ प्रतिशत सेवा क्षेत्रअन्र्तगत बैंक र वित्तीय संस्था तथा बीमा कम्पनीमा आएको छ ।
गत् आर्थिक वर्ष २०७६।७७ मा वैदेशिक लगानीमा सञ्चालित कम्पनीमध्ये कुल १ सय ९८ वटा कम्पनीको नमूना छनोट गरी सर्वेक्षणको माध्यमबाट अध्ययन गरिएको थियो । कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत थियो । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकाले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि आएको हो ।
यस्तै २०७७ असार मसान्तसम्ममा नेपालमा ५२ देशबाट प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो । यसमध्ये सबैभन्दा बढी भारतबाट अर्थात् ६२ अर्ब ४५ करोड र त्यसपछि दोश्रोमा चीनबाट ३० अर्व ९७ करोड तथा सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड र आयरल्याण्डबाट १२ अर्ब ९३ लगानी भित्रिएको थियो ।