logo

२०८१ मंसिर १२ बुधबार

logo
  • बुधबार, १२ मंसिर २०८१
  • संसद् बैठक अर्थमन्त्रीको दौड : आर्थिक अध्यादेश ‘जबरजस्ती’ पारित 

    संसद् बैठक अर्थमन्त्रीको दौड : आर्थिक अध्यादेश ‘जबरजस्ती’ पारित 

    3.4K
    Shares

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठकको कार्यसूची अनुसार बैठक अगाडि बढाएका छन् । 

    एमालेले नाराबाजी रहिरहेका बेला सभामुख सापकोटाले कार्यसूची अनुसार सांसद प्रेम सुवाललाई बोल्ने अनुमति दिएका हुन् । 

    त्यस लगत्तै समामुख सापकोटाले अर्थमन्त्री जनार्दन शर्मालाई आर्थिक अध्यादेश स्वीकृत गरियोस भन्ने  प्रस्ताव प्रस्तुत गर्न अनुमति दिए । सोही अनुसार शर्माले आर्थिक अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गरे लगत्तै बहुमतले उक्त प्रस्ताव पारित भएको छ। 

    प्रस्ताव पारित गरियोस् भन्ने प्रस्ताव बोकेर अगाडि बढेका अर्थमन्त्री शर्मालाई एमाले सांसदले अवरोध गर्न लागेपछि उनी दौडिएर रोष्टममा पुगेका थिए । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend