काठमाडौं । चर्चित लेखक तथा साहित्यकार ममता मिश्रको शव्द रचनामा उदय सोताङको स्वरमा ‘म सागरमा थिए’ बोलको गीत सार्वजनिक भएको छ ।
प्रवासमा रहेर नेपाली कला साहित्य र संगीतलाई माया गर्ने ममताका शब्द रचनामा उदय सोताङकै संगीत र सुरेन बर्मेको एरेन्ज गरेका छन्।
फराज अरपन र बिशाल थापाको क्यामेरा तथा फराजकै सम्पादनमा तयार भएको भिडिओमा उदय सोताङकै फिचरिङ छ भने बिक्रम तामाङको प्रवन्धमा म सागरमा थिए बोलको गीत तयार भएको हो । ।
‘म सागरमा थिए’ गीतमा मानिस भित्रका पीडा दुख बेदनालाई उजागर गर्ने कोशिस लेखिका मिश्रले गरेकी छन् ।
हेर्नुहोस सो गीतको म्युजिक भिडियो