logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • साढे नाै कराेडकाे सीम लोकेटर सीआईबीलाई ‘टोक्नु न बोक्नु’ 

    साढे नाै कराेडकाे सीम लोकेटर सीआईबीलाई ‘टोक्नु न बोक्नु’ 

    3.1K
    Shares

    काठमाडौँ – व्यापारीसँगको सम्बन्धका कारण सेवाप्रदायक संस्थासँग परामर्शै नगरि ल्याईएको मोबाईल सर्भिलेन्स डिभाईस (सीम लोकेटर) प्रयोगविहीन अवस्थामा छ। 

    केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) का तत्कालीन प्रमुख डीआईजी (हाल एआईजी) सहकुल बहादुर थापाकै योजनामा सीम लोकेटर ल्याईएको थियो। साढे नाै करोड रुपैंयाको ठेक्का थापाकै जोडबलमा सीआइबीले गोल्छा समूहको नियोटेरिक नेपाल प्रालिलाई दिएका थिए। नियोटेरिकका सञ्चालक सञ्जय गोल्छा हुन् ।
    तत्कालीन प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकै कार्यकालमा साढे नौ करोड रुपैंयाको सीम लोकेटर खरिद गर्न रकम निकासा भईसकेको थियो। तर, सीआइबीकै प्रहरी अधिकृतको सुझावमा रकम नियोरेटिकलाई तिरिएको छैन। उच्च स्रोतका अनुसार नियोरेटिकले ल्याएको सीम लोकेटर एनसेलको डीभाइससँग मेल खाँदैन। डिभाइस मेल नखाएपछि ‘ईन्सटल’ गर्न सकिएको छैन। 
    नियोरेटिकको नेपाल प्रतिनिधी भुपेन्द्र झा पटकपटक सीआइबी पुगेर रकम निकासा गरिदिन आग्रह गर्दै आएका छन्। तर, सीआइबीले ‘ईन्स्टल’ नभई रकम नदिने जनाउ दिईसकेको छ। भुपेन्द्र प्रदेश नम्बर २ का महान्यायाधिवक्ता दिपेन्द्र झाका भाई हुन्। दुई नम्बर प्रदेश प्रहरीको प्रमुख भएर हाल सीआइबी प्रमुखमा डीआइजी धिरज प्रताप सिंह छन्। उनै सिंहलाई झाले रकम निकासाका लागि अनुरोध गर्दै आएका छन्। तर, सिंहले सीम लोकेटर इन्स्टल नभई कुनै पनि हालतमा रकम निकासा नगर्ने बताएका छन्। 

    सीम लोकेटर खरिदको लागि जिम्मा पाएको नियोरेटिकले नेपालकै बैंकमा नेपाली रुपैंयामै एलसी खोलेका थिए। कम्पनीले ८० लाख रुपैंया स्विेडनको फोर इन्टिलिजेन्स नामक कम्पनीलाई बुझाई सकेको छ। सामान नेपाल आईसकेकाले तत्कालै प्रहरीले कबुल गरेबापतको रकम निकासा गरिदिन नियोरेटिक कम्पनीका प्रतिनिधी भुपेन्द्र झाले दबाब दिंदै आएका छन्। 
    दुरसञ्चार प्राधिकरणले बनाएको स्पेक अनुसार सीआइबीले सीम लोकेटर खरिद प्रक्रिया अगाडी बढाएको थियो। तर, अहिलेसम्म एनसेलले आफ्नो प्रविधि अनुसार मेल नखाएको जफाव दिएपछि सीआइबीलाई सीम लोकेटर टोक्नु न बोक्नु भएको छ। सीआइबीका प्रमुख डीआइजी धिरज प्रताप सिंहले सीम लोकेटरको ईनटलेशनको काम प्रक्रियामा रहेको बताए। उनले सीम लोकेटरले काम नगरे भुक्तानी कुनै पनि हालतमा नदिने जानकारी सिंहले दिए। उनले भने,‘ जुन कम्पनीले ल्यायो, उसैको पैसा खर्च भएको छ। जबसम्म ईन्टलेसन भएर काम गर्दैन हामी रकम भुक्तानी गर्दैनौं।’

    के हो सीम लोकेटर ?
    गम्भीर प्रकृतिका घटनाको अनुसन्धान गर्न सीम लोकेटर ज्यादै उपयोगी मध्येकै एक उपकरण हो। अधिकांश घटनामा मोबाईल प्रयोग भएकै हुन्छ। प्रहरीले पनि मोबाईललाई अपराध अनुसन्धानको मुख्य ‘टुल्स’ बनाउँदै आएको छ। यो प्रविधिको जडान भएपछि अपराध अनुसन्धानमा थप सहज हुनेछ। ब्यूरोका एक प्राविधिक अनुसन्धान अधिकृतका अनुसार सीम लोकेटरले संकास्पद व्यक्तिलाई पाँच मिटरको दुरीसम्मको संकेत दिन्छ। विटिएस टावरको माध्यमबाट व्यक्ति पक्राउ गर्न सजिलो हुन्छ। 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend