काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरेको हो ।
निरौला नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष हुन् । यसअघि देउवा सरकारले कार्यकालको सुरुआतमै देवी ज्ञवाली नेतृत्वको सुकुम्बासी आयोग विघटन गरेको थियो ।
मन्त्रिपरिषद्को बैठकले आयोगको उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको छ । सरकारले डेढ महिनापछि भूमि आयोग ब्यूँताएको हो । आयोगका सदस्य भने नियुक्त भएका छैनन् ।