काठमाडौं। एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई झिँगाको संज्ञा दिएका छन्। बिहीबार काठमाडौंमा कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई यस्तो संज्ञा दिएका हुन्।
ओलीले मौरीको संगत गरे फुलबारीमा पुग्ने र झिँगाको संगत गरे डंगुरमा पुग्ने भन्दै माधव नेपालका पछाडि नलाग्न अनुरोध गरेका हुन्। ओलीले मौरीले जहाँबाट जे टिपे पनि मह बनाउने तर झिँगाले कहिल्यै मह नबनाएर रोग फैलाउने भन्दै पछाडि नलाग्न अनुरोध गरेका हुन्।
माधव नेपाल पार्टीबाट चोइटिएर गएको भन्दै ओलीले पछाडि नलाग्न कार्यकर्तालाई अनुरोध गर्दा झिँगा र मौरीको उदाहरण दिएका हुन्।
‘मौरीको संगत गरे फुलबारीमा पुगिन्छ। झिँगाको संगत गरे फोहोरको डंगुरमा पुगिन्छ। नेकपा एमाले भनेको मौरीको गुँड हो’, ओलीले भने, ‘मौरी यस्तो हो जहाँबाट जे टिपेर ल्याए पनि निरोगी पवित्र मह बनाउँछ। झिँगाले कहिल्यै मह बनाउँछ ? रोग फैलाउने मात्र काम गर्छ। रोग फैलाउनेका पछाडि नलाग्नुहोस्।’