logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • उज्वेकिस्तानमा नेपाल र फिलिपिन्स भिड्दै 

    उज्वेकिस्तानमा नेपाल र फिलिपिन्स भिड्दै 

    1.7K
    Shares

    काठमाडौं । एफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपालले शनिबार साँझ फिलिपिन्ससँग प्रतिस्पर्धा गर्दैछ । 

    उज्वेकिस्तानस्थित माजमुएसी स्टेडियममा ३ः४५ बजे सुरु हुने खेलमा नेपालले फिलिपिन्समाथि जित निकाल्ने लक्ष्यका साथ प्रस्तुत हुने नेपालका प्रशिक्षक ग्यारी फिलिप्सले बताएका छन् । 

    ‘नेपाली महिला फुटबलको लागि यो एउटा अवसर हो । महिला फुटबल प्रवर्द्धनका लागि मात्र होइन, आफ्नो खेल र क्षमता देखाउने अवसरको रुपमा लिनुपर्छ । नयाँ र युवा खेलाडीको सहभागिताले टोलीमा नयाँ उर्जा थपिएको छ । हामि राम्रो खेल प्रदर्शन गर्नेमा विश्वस्त छौं,’ खेलअधि पत्रकार सम्मेलनमा पव्रशिक्षक ग्यारीले भने । 

    नेपाली महिला टोलीले २२ बर्षपछि फिलिपिन्ससँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले यसअघि सन् १९९९को एएफसी महिला च्याम्पियनसिपमा फिलिपिन्ससँग खेल्न लागेको हो । उक्त खेलमा नेपाल फिलिपिन्ससँग ५–० गोलले पराजित भएको थियो । 

    फिलिपिन्सका प्रशिक्षक मार्लोन मारोले पनि नेपाललाई हराउने लक्ष्यका साथ मैदान उत्रने दाबी गरेका छन् । ‘टोलीका उत्कृष्ट खेलाडी बाहिर छन् । कोरोनाका कारण जापान, अमेरिका लगायत देशमा रहेका खेलाडी सामेल हुन सकेनन् । तरपनि हार्मी उत्कृष्ट प्रदर्शन गर्नेछौं,’ मारोले भने ।

    छनोट खेलमा नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालको समूहमा फिलिपिन्स र हङकङ छ । नेपालले दोस्रो खेलमा हङकङसँग असोज ५ गते खेल्नेछ । फिलिपिन्स र हङकङबीचको खेल असोज ८ गते हुनेछ । समूहको शीर्ष टोली भारतमा आयोजना हुने एसिया कपका लागि छानिनेछ । एसियन कप सन् २०२२ जनवरी २० देखि फेबू्रुअरी ६ सम्म भारतमा हुनेछ ।

    नेपाली महिला टोली  :

    अन्जना राना मगर, एन्जिला सुब्बा, उषा नाथ, अमृता जैशी, अनिता बस्नेत,अनिता केसी, विमला बिक, विमला चौधरी, दिपा राई, गीता राना,  हिरा भुजेल, इन्द्र राई, मन्जली थोकर, निशा थोकर, प्रिती राई, पुजा राना, रजनी थोकर, रश्मी घिसिङ, रेनुका नगरकोटी, सबिता राना, सरु लिम्बु र सिर्जना सिंह


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend