logo

२०८१ जेष्ठ ६ आइतबार

logo
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडाैंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

    काठमाडाैंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जना पक्राउ

    4.1K
    Shares

    काठमाडाैं । काठमाडाैंको जोरपाटीमा जुवाखालबाट लाखौँ नगदसहित २० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुबाट प्रहरीले चार लाख ७५ हजार रुपैयाँ बरामद गरेको छ ।

    जुवातास खेलिरहेका अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी वृत्त बौद्धको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतका अनुसार गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको चामुण्डागेटस्थित तिब्बतीयन क्याम्पभित्र धावा ढुण्डुपको घरमा जुवा खेल्दै गरेका २० जना पक्राउ परेका हुन् । 

    उनीहरुका साथबाट क्यासिनोमा प्रयोग हुने ४६४ थान क्वाइन, विभिन्न व्यक्तिका नाममा काटेको २८ वटा चेक र १००  कौडासमेत बरामद गरिएको छ ।


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend