logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • क्रिकेट र फुटबल कप्तानलाई प्रवल जनसेवा श्री

    क्रिकेट र फुटबल कप्तानलाई प्रवल जनसेवा श्री

    2.8K
    Shares

    काठमाडौं । सरकारले नेपाली राष्ट्रिय क्रिकेट र फुटबल दुवै टोलीका कप्तानलाई प्रवल जनसेवा श्री पदकबाट विभूषित गर्ने भएको । 

    संविधान दिवसका अवसरमा सरकारले विभिन्न विभूषण र पदकको प्रदान गर्ने सुचीमा क्रिकेट टोलीका कप्तान ज्ञानेन्द्र मल्ल र फुटबलका कप्तान किरण चेम्जोङलाई समावेश गरेको हो । यी दुई खेलाडी अहिले खेलको क्रममा विदेशमा छन् । ज्ञानेन्द्र कुवेतमा आइसीसी क्रिकेट विश्वकप लिग–२ खेलिरहेका छन् । किरण भारतमा ब्यवसायिक फुटबल खेल्दैछन् । 

    सरकारले संविधान दिवसकै अवसरमा खेल क्षेत्रमा योगदान पु¥याएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, तेक्वान्दो खेलाडी आयशा शाक्य, तेक्वान्दोका कोरियन प्रशिक्षक वान योङ डाल, पारा खेलाडीद्वय हिमाल अर्याल र केशव थापालाई जनसेवा श्रीबाट विभूषित गर्ने भएको छ ।

    यसैगरी सरकारले सुकीर्ति पदकबाट कराँतेकी खेलाडी अनु अधिकारी, ब्याडमिन्टन खेलाडी दीपक थापा, तेक्वान्दो प्रशिक्षक नर्वु लामा, खेल आयोजकबाट उत्तम न्यौपाने र पावर लिफ्टिङ खेलाडी प्रकाश केसीलाई सम्मानित गर्ने भएको छ । 

    सरकारले कितपय खेलाडीलाई विभागीय टोलीबाट पनि सम्मान गर्दैछ । विभागीय टोलीका खेलाडीबाट सुकीर्ति पदकबाट सम्मानित हुनेमा उसु खेलाडी जुनि राई, तेक्वान्दो खेलाडी संगीता बस्याल र लक्ष्मण तामाङ, ट्रायथलनकी सोनी गुरुङ छन् । सम्मानित हुने खेलाडी नेपाल प्रहरी र शसस्त्र प्रहरी बलबाट छन् । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend