logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • भ्यालेन्सियामाथि रियलको पूनरागमन जित 

    भ्यालेन्सियामाथि रियलको पूनरागमन जित 

    2.8K
    Shares

    एजेन्सी । भ्यालेन्सियामाथि पूनरागमन जित निकाल्दै रियल म्याड्रिड स्पेनिस ला लिगाको शीर्षस्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा रियलले भ्यालेन्सियालाई उसैको मैदानमा २–१ गोलले हरायो । रियलले लिगमा अपराजित यात्रा पनि कायम राखेको छ । 
    रियलको जितमा भिनिसियस जुनियर र करिम बेन्जेमाले गोल गरे । भ्यालेन्सियाका हुगो डुरोले सुरुवाती गोल गरेका थिए । सबै गोल दोस्रो हाफमा सम्भव भएको खेलमा भ्यालेन्सियाले ६६औं मिनेटमा खाता खोलेको थियो । हुगो डुरोले गोल गर्दै घरेलु टोलीको उत्साह जगाए । 

    खेलको सुरुवातदेखि भ्यालेन्सियालार्य दबाबमा राखेको रियलले गोलका लागि अन्तिमसम्म कुर्नु परेको थियो । ८६औं मिनेटमा भिनिसियसले करिम बेन्जेमाको पासमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । भिनिनियसको जारी लिगमा यो पाँचौं गोल हो । 

    उनले पाँच खेलमा पाँचै गोल गरेका छन् । दुई मिनेट लगत्यै बेन्जेमाले भिनिसियसको पासमा गोल गर्दै रियलको जित पक्का बनाएका थिए । जारी लिगमा ६ गोल गरिसकेका बेन्जेमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष सुचीमा छन् । 

    जितसँगै शीर्षस्थान कब्जा गरेको रियलले पाँच खेलबाट १३ अंक बनाएको छ । दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ११ अंक छ । रियलसँग पराजित भ्यालेन्सिया १० अंक सहित तेस्रो स्थानमा छ । चौथो स्थानमा रहेको रियल सोसिडाडको पनि १० अंक छ । 

    आइतबार रातिनै भएको खेलमा रियल सोसिडाड सेभियासँग गोलरहित बरबरीमा रोकिएको थियो । अर्को खेलमा रियल बेटिस र स्पान्योलले २–२ गोलको बराबरी खेल्दै अंक बाँड्यो । घरेलु मैदानमा मालोर्का पनि भिल्लारियलसँग गोलरहित बराबरीमा रोकियो । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend