logo

२०८१ मंसिर १० सोमबार

logo
  • सोमबार, १० मंसिर २०८१
  • पीएसजीको अपराजित यात्रा जारी

    पीएसजीको अपराजित यात्रा जारी

    2.5K
    Shares

    एजेन्सी । फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले अपराजित यात्रा जारी राखेको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा पीएसजीले लियोनलाई २–१ गोलले हरायो । लिगमा पीएसजीको यो लगातार छैटौं जित हो । 

    पीएसजीको जितमा नेमार र माउरो इकार्डीले गोल गरे । लियोनका लुकास पाक्वेटाले गोल गरेका थिए । सबै तीन गोल दोस्रो हाफमा सम्भव भएको खेलमा लियोनले सुरुवाती अग्रता लिएको थियो । लुकासले ५४औं मिनेटमा गोल गरे । त्यसपछि नेमारले ६६औं र इकार्डीले दोस्रो हाफको इन्जुरी समयमा गोल गरेका थिए । पीएसजीले लियोनविरुद्ध लियोनल मेस्सी र केलियन एमबाप्पेलाई पनि मैदान उतारेको थियो । 

    लगातार छैटौं जितसँगै शीर्षस्थानमा रहेको पीएसजीको १८ अंक छ । दोस्रो स्थानमा रहेको मार्सेलीको १३ अंक छ । आइतबार राति नै भएको खेलमा मार्सेलीले रेनेसलाई २–० गोलले हराएको हो । पीएसजीसँग पराजित लियोन आठ अंक सहित नवौं स्थानमा छ । 


    सुनाैलाे नेपाल
    सम्बन्धित समाचार
    ताजा अपडेट
    धेरै पढिएको
    © 2024 All right reserved to Sunaulonepal.com  | Site By : SobizTrend